
इजरायल घटनामा ज्यान गुमाएका नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ ।
साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताए ।
प्यालेस्टाइनी हमास समूहले इजरालमा शनिवार आक्रमण गर्दा १० जना नेपालीको ज्यान गएको छ ।