
सरकारले इजराइलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन्
इजरायलमा बेपत्ता नेपालीहरूको खोजी तथा उद्धार कार्यका लागि इजरायल दूतावासमा हिब्रू भाषा जान्नेलाई बढीमा ३ महिनाका लागि रोजगारी दिने पनि सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताइन् ।