
सामाजिक सञ्जाल फेसबुक चलाउँदा के तपाई अरुले पोस्ट गरेको तस्वीर वा स्टाटर हेरेर लोभिने गर्नु भएको छ ? साथीहरुले राखेको घुमेको, हासेको वा उत्साह पूर्वक गरेका कामले तपाईलाई कतै रित उठाएको छैन की आफू चाँही यस्तो गर्न सकिएन भनेर यदी त्यसो हो भने सावधान हुनु होला ।
हालसालै एउटा अनुसन्धानले यस्ता व्यक्तिहरु जो अरुलेको जीवन हेरर आफूलाई दिक्कलाग्दो सोच्छन् भने उनीहरु समस्यामा फस्ने नतिजा निकालेको छ ।
बेलायतको लेचेस्टर विश्वविद्यालयमा जारी एक अनुसन्धानले हालै एउटा नयाँ तथ्य बाहिर ल्याएको छ । फेसबुकमा अरु मानिसहरुको बिहेवारी, साथीसँगी, बच्चाबच्ची तथा घुमघामका विन्दास तथा खुसीपूर्ण तस्वीरहरु हेरीहेरी आफ्नो दिक्कलाग्दो जिवनलाई धिक्कार्नेहरु गहिरो तनावमा फस्दछन् र यो तनावले अन्ततः डिप्रेसनको रुप लिन्छ ।
सोसल नेटवर्किंग तथा डिप्रेसनका बीच सम्बन्धमा आधारित रहेर डेभिड बेकर तथा डाक्टर गियमो पेरेज एल्गोर्टाले गरेको अनुसन्धान अनुसार आफ्नो आसपासको वास्तविक समाजसँग आफूलाई तुलना गर्नुभन्दा भर्चुअल दुनिया वा अनलाइनको दुनियासँग आफुलाई तुलना गर्ने मानिसहरुमा डिप्रेसनको खतरा निकै बढि हुन्छ ।
अनुसन्धानकर्ताहरुले १४ देशका ३५ हजार सहभागीहरुमा यो अध्ययन गरेका हुन् । उनीहरुको उमेर १५ देखि ८८ वर्ष थियो । विश्वमा १ अर्ब ८० करोड मानिस सोसल मिडिया प्रयोग गर्छन् । त्यसमा लगभग सबैजसोले फेसबुक समेत प्रयोग गर्दछन् ।
अनलाइन सोसल नेटवर्किंग र डिप्रेसनको बीचमा रहेको यो सम्बन्ध उमेर तथा लैंगिक जस्ता तत्वहरुमा पनि आधारित हुने बताइएको छ । अनलाइनमा तुलना गर्दा गर्दा हामी ओभरथिंकिंग अर्थात् बढी सोँच्ने समस्याको सिकार हुन्छौँ जुन डिप्रेसनको मुख्य कारण हो ।
जो मानिसहरु अनलाइनमा अरुलाई देखेर इष्र्या गर्दछन्, जो मानिसहरु आफ्नो भुतपूर्व मायालुलाई फेसबुकमा फ्रेण्ड बनाउँछन्, जो नकारात्मक सामाजिक तुलना गर्दछन् र अक्सर नकारात्मक स्टाटस फेसबुकमा राख्दछन् त्यस्ता मानिसहरुमा डिप्रेसनको खतरा धेरै हुने शोधकर्ताहरुको ठहर छ ।