
इजरायलले गाजा क्षेत्रमा नाकाबन्दी गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गरेको जनाएको हो।
शनिबार बिहान हमासको हमलापछि इजरायलले यस्तो कदम चालेको बीबीसीले जनाएको छ ।
इजरायलले गाजा क्षेत्रमा मिसाइल आक्रमण गर्नुका साथै आसपास आफ्ना नागरिक रहेको क्षेत्रमा पुनः नियन्त्रण लिएको दाबी गरेको छ ।
गाजापट्टीमा २३ लाख मानिसहरू बस्छन् ।