१० साउन २०८३, आइतबार

सामान्य अवस्थामा फर्किँदै नेपालगञ्ज, कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइयो

असोज २३, २०८०
काठमाडौं
सामान्य अवस्थामा फर्किँदै नेपालगञ्ज, कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइयो

बाँकेको नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार सूचना जारी गर्दै कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको छ ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि १६ गते दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो। 'सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण मिति २०८०/०६/१६ गते दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी अनिश्चितकालीन कर्फ्यु र समय-समयमा जारी गरिएको निषेधाज्ञाको आदेश नेपालगञ्ज उपमहानगरपालिका तथा समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०/०६/२३ गते बिहान ४:०० बजे देखि पूर्णरूपमा कर्फ्यु र निषेधाज्ञा आदेश हटाइएको छ,' सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जारी गरेको सूचनामा भनिएको छ ।

कुनै अमुक व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई आक्षेप लगाउने, सर्वसधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न/नगराउन कार्यालयले आग्रह गरेको छ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्