२३ जेठ २०८३, शनिबार
इजरायल घटना

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण रद्द

असोज २३, २०८०
काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण रद्द

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको तय भएको नेपाल भ्रमण रद्द भएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले महासचिवको तय भएको भ्रमण अन्तिम समयमा रद्द भएको पुष्टि गरिन् । 

 असोज २६ गतेदेखि २९ गतेसम्म उनले नेपाल भ्रमण गर्ने बताइएपनि इजरायल–प्यालेस्टान युद्धका कारण उत्पन्न असहज परिस्थितिका कारण भ्रमण रद्द भएको बताइएको छ । मन्त्रालयले छिट्टै उपयुक्त समयमा महासचिवको भ्रमण गराउने पहल भइरहेको बताएको छ । 
नेपाल भ्रमणका क्रममा एन्टेनियो गुटेरेसले लुम्बिनीलगायतका स्थलको भ्रमण समेत गर्ने बताइएको थियो । 

इजरायल–प्यालेस्टान युद्धका कारण कयौँ मानिसको ज्यान गएको छ । शनिबार भएको सो घटनामा १० नेपालीको समेत ज्यान गएको पुष्टि भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्