१० साउन २०८३, आइतबार

एमाले मधेश प्रदेश अधिवेशन आजदेखि, सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै

असोज २४, २०८०
काठमाडौं
एमाले मधेश प्रदेश अधिवेशन आजदेखि, सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आज (बुधबार)देखि शुरू हुँदैछ । मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा दुई दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।
 
उनका अनुसार अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । 

एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको उनले बताए । कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनले बताए । 

अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।

मधेश अधिवेशन उद्घाटनको तयारी भइरहँदा सुदूरपश्चिममा भने नेतृत्व चयनका लागि मतदान गर्ने तयारी छ । निर्वाचन कमिटीले आज बिहान देखि मतदान हुने बताएको छ।

हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। 

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू तीनै जना अछामका हुन् । अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्