१० साउन २०८३, आइतबार
एमाले सुदूरपश्चिम अधिवेशन

एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिबाटै नेतृत्व चयनको तयारी, यस्तो बन्यो पदाधिकारीको खाका

असोज २४, २०८०
काठमाडौं
एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिबाटै नेतृत्व चयनको तयारी, यस्तो बन्यो पदाधिकारीको खाका

नेकपा एमाले सुदूरपश्चिम नेतृत्व सहमतिबाट टुंग्याउनका लागि नेताहरू समझदारी नजिक पुगेका छन् ।

अध्यक्षका प्रमुख दाबेदारमध्येका कमल तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएपछि सहमति नजिक पुगेको एक नेता बताउँछन् ।

कमलले कृष्णप्रसाद जैसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी एक नेताले दिए । अब बचनबहादुर सिंह र भरतबहादुर साउदलाई मनाएर जैसीलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।

पदाधिकारीका लागि अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्ष कालीबहादुर शाही र सचिव रणबहादुर चन्द बन्ने गरी मोटामोटी सहमति हुन लागेको दाबी एक नेताले गरे । उप सचिवमा भागरथी विष्ट र अर्का एक नेताको नाममा सहमति जुट्दैछ । 

तिमल्सिनालाई एमाले केन्द्रीय सदस्य र अछाम जिल्ला इन्चार्ज बनाउने समझदारी पनि भएको ती नेता बताउँछन् । 

अघिल्लो निर्वाचनमा १६ मध्ये १४ सिट आफूहरूले जिते पनि यसपटक गत चुनावमा २ सिटमा सीमित भएपछि एमाले सुदूररपश्चिममाथि धेरै दबाब आएको एक नेता बताउँछन् । ‘हामीले अघिल्लोपटक माओवादीसँग मिल्दा १६ मा १४ सिट जितेका थियौं । तर गत चुनावमा हामी २ सिटमा सीमित हुनु लज्जास्पद् थियो’ ती नेता भन्छन्, ‘यसैले यसपटक अन्य प्रदेशमा निर्वाचन भए पनि सुदूरमा सबैलाई मिलाएर अघि बढ्ने र पार्टीको गुमेको साख फर्काउन पनि चुनाव होइन सहमतिबाट जानुपर्छ भन्नेमा नेताहरू पुग्नु भएपछि सहमतिको प्रयासले मूर्तरूप पाउन लागेको हो ।’

एमाले सुदूरपश्चिमले माओवादी आएकालाई जोडिरहने, माधव नेपाल पक्षलाई फर्काउने, भीम रावललाई पनि विश्वासमा लिने जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेको ती नेता बताउँछन् । 

नेताहरूले अधिकांश सदस्यमा पनि सहमति जुटाइसकेको ती नेता बताउँछन् । 

नेता कर्णबहादुर थापा यस अघिदेखि नै जैसीलाई सर्वसम्मत बनाउन लागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्