२८ जेठ २०८३, बिहीबार

हेटौँडाको सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा

असोज २६, २०८०
हेटौंडा
हेटौँडाको सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा

हेटौँडाको सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले घटनामा पक्राउ परेका रमा प्रधानसँग दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो । यस्तै, रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही दुई लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो ।

अदालतले माग गरेको धरौटी बुझाएर छ जना बुधवार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ । ​

हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।​

हेटौँडा उपमहानगरपालिका–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्