
बर्दियामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किशोरले ती किशोरीलाई सोही नगरपालिका ३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।
साथै पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बस्ने २९ वर्षीय अतलबहादुर थारूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।