२२ जेठ २०८३, शुक्रबार

१६ दिनका लागि स्थगित भयो संसद्, अब दशैंपछि बस्ने

असोज २६, २०८०
काठमाडौं
१६ दिनका लागि स्थगित भयो संसद्, अब दशैंपछि बस्ने

प्रतिनिधिसभाको बैठक १६ दिनपछि बस्नेगरी स्थगित भएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको अन्तिममा सभामुख देवराज घिमिरेले कात्तिक १२ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।​

दशैंको घटस्थापना आइतवार शुरु हुँदैछ भने दशैंको टीका कात्तिक ७ गते छ । संसद्‌को बैठकबाटै सभामुख घिमिरेले दशैं, तिहार र छठको शुभकामना दिए । 

दशैं मान्न सांसदहरू गाउँ जाने भएपछि प्रतिनिधिसभाको बैठक लामो समयका लागि स्थगित गर्नुपरेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणमा गएको बेला १७ दिनको लागि स्थगित भएको थियो । 

१६ दिनको लागि बैठक स्थगित हुनुअघि प्रतिनिधिसभाले लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदको बिदा स्वीकृत गरेको छ ।

थेरापी चलिरहेको कारण देखाउँदै सांसद मनोरमा शेरचन पछिल्ला १६ वटा बैठकमा अनुपस्थित रहेकी थिइन् ।

यस्तै गृह जिल्ला भ्रमणमा रहेको भन्दै सांसद दयालबहादुर शाही ११ बैठकमा अनुपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्