०८ असार २०८३, सोमबार

कंगोमा खटिएका शान्ति सैनिकको मृत्यु

असोज २६, २०८०
काठमाडौं
कंगोमा खटिएका शान्ति सैनिकको मृत्यु
फाइल फोटो

कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । 

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा खटिएका नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौं डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रवार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका ८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस  जिनामा कार्यरत रहँदा विरामी भएका थिए ।

उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल २ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ । 

स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्