२५ जेठ २०८३, सोमबार

सुन तस्करी प्रकरण : राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश​​​

असोज २६, २०८०
काठमाडौं
सुन तस्करी प्रकरण : राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश​​​
फाइल फोटो

विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा गएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले शुक्रवार राहुललाई थुनामा पठाउने आदेश गरेको हो । 

सुन तस्करी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राहुललाई भदौ १३ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

चिनियाँ व्यापारीले ल्याएको ९ किलो सुन छुटाउन राहुलले भन्सारका कर्मचारीलाई दबाब दिएको खुलेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्