३० असार २०८३, मंगलबार

दुवै पक्षले ४७ को दाबी गरेपछि प्रदेश प्रमुखले सांसदको टाउको गनेरै सनाखत गर्ने

असोज २६, २०८०
विराटनगर
दुवै पक्षले ४७ को दाबी गरेपछि प्रदेश प्रमुखले सांसदको टाउको गनेरै सनाखत गर्ने

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धन  र एमाले कांग्रेस गठबन्धन दुवैबाटै ४७ सांसद पुर्‍याएको दाबी पछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि सबै सांसदको सनाखत गर्ने भएका छन् । 

सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो तथा एमालेका ३९ र कांग्रेसका ८ सांसद गरी ४७ जनाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी गरेपछि प्रदेश प्रमुखले भोलि बिहान ८ देखि दिउँसो २ बजेसम्म सनाखत गर्ने गरी कार्यालयले सूचना जारी गरेको हो । 

भोलि बिहान ८ देखि २ बजेसम्म प्रदेशसभा सदस्यको परिचयपत्र खुल्ने कागजसहित प्रदेश प्रमुख कार्यालयको सभाहलमा सनाखतका लागि उपस्थित हुन प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले सूचना जारी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्