
कमर्सियल गाडीहरूको बिक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।
जसका लागि प्रालिले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।
हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ ।
हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो ।

यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ ।
शुरूमा प्रालिले १६ सिट क्षमताका ईभी मिनि भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।
जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।

यस्ता छन् हाइगर ईभी भ्यानका प्रमुख विशेषताहरू