०६ असार २०८३, शनिबार

एनआरएनए अध्यक्षमा आरके शर्माद्वारा उम्मेदवारी दर्ता

असोज २६, २०८०
काठमाडौं
एनआरएनए अध्यक्षमा आरके शर्माद्वारा उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान उपाध्यक्ष आरके शर्माले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) रहेका छन् । 

एनआरएनएको मनोनयन दर्ताको समय शनिबारसम्म रहेको छ । शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए । तर, उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो । शर्माको टीमका अन्य उम्मेदवारहरुले भने शनिबारमात्रै उम्मेदवारी दर्ता गराउनेछन् । शर्मा शनिबार चितवन सेवा समाजको कार्यक्रमका लागि चितवन जानुपर्ने भएकाले हतारमा आजै दर्ता गराइएको  बताइएको छ । 

शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्