३० जेठ २०८३, शनिबार

इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी

असोज २६, २०८०
काठमाडौं
इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी

गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ ।

“पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।  
  
उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र साइटहरू, अधिकारीहरूका घरहरू, हतियार डिपोहरू र सञ्चार कक्षहरू सहित लगभग ७५० लक्षित आक्रमण गरेको घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्