सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । खाद्यान्न सामान लिएर उडेको हेलिकोप्टर शनिवार बिहान ७ बजेर २५ मिनेटको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी शालिकराम शर्माले लोकान्तरलाई जानकारी दिए ।
यसैबीच घाइते पाइलट प्रकाश सेढाइँलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको छ ।
३ महिनाअघि मात्र मनाङको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । असार २६ गते लिखुपिकेमा दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको थियो ।
अहिले पाइलटलाई उपचारका लागि काठमाडौंको ह्याम्स हस्पिटलमा ल्याइँदै गरेको उनले बताए । दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो लागेको प्रहरीले जनाएको छ ।