
नेपाली कांग्रेसका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले)का सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर बहुमत सांसदले सनाखत गरेका थिए । बहुमत सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
सत्ता गठबन्धनका दावेदार इन्द्र आङ्बो पक्ष भने सनाखतका लागि अनुपस्थित भएको छ ।
कार्कीले आइतवार १ बजे मुख्यमन्त्रीको शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।