२३ जेठ २०८३, शनिबार
कोशीको सत्ता राजनीति

कोशीमा एमालेसँग मिले पनि शेखरले देउवा र प्रचण्डसँग गरे गठबन्धन कमजोर हुन नदिने सहमति

असोज २७, २०८०
काठमाडौं
कोशीमा एमालेसँग मिले पनि शेखरले देउवा र प्रचण्डसँग गरे गठबन्धन कमजोर हुन नदिने सहमति

कोशी प्रदेशमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए पनि कांग्रेस नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवासँग गठबन्धन कमजोर नबनाउने सहमति गरेका छन् । 

शनिवार बालुवाटारमा तीन नेताबीच गठबन्धनलाई कमजोर नबनाउने सहमति भएको हो । 

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ तीन नेताले गरेको हस्तलिखित सहमतिमा उल्लेख छ । 

‘भर्खर भएर सहमति गरेर प्रधानमन्त्री चितवन लाग्नुभएको छ’ बालुवाटार स्रोतले भन्यो, ‘कोशीमा एउटा परिस्थिति बने पनि सदर गर्ने र मिलेर जाने सहमति भएको छ ।’

यस्ताे छ तीन नेताबीच भएकाे हस्तलिखित सहमति

null
 

salt training

कमेन्ट गर्नुहोस्