०८ साउन २०८३, शुक्रबार

प्रचण्ड, देउवा र शेखरबीच नाटकीय हस्तलिखित सहमति भएपछि ...

असोज २७, २०८०
काठमाडौं
प्रचण्ड, देउवा र शेखरबीच नाटकीय हस्तलिखित सहमति भएपछि ...

कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका ८ सांसद मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए पनि फेरि अर्को नाटकीय सहमति भएको छ । 

कोशीमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएकै आसपासको समयमा प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको भन्दै गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने सहमति भएको हाे ।

हस्तलिखित यो सहमतिपत्र बाहिर आएलगत्तै एमाले नेता महेश बस्नेतले प्रचण्ड र देउवा सत्ता जोगाउन जे पनि गर्नुपर्ने बाध्यतामा पुगेको बताएका हुन् । 

‘आज बिहान बसेको ३ नेताको बैठकले हामी गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशमा नि सोही अनुसार हुने बताउनु भएको छ। विचरा प्रचण्ड र देउव सत्ता जोगाउनको लागि के–के मात्रै गर्नु पर्ने हो । हाँस थुने कुखुरा फुत्कने कुखुरा थुने हाँस फुत्कने किसानको जस्तो हालतमा छ गठबन्धन ।’
बस्नेतले सामाजिक संजालमा लेखेका छन् । 

कोशीमा कांग्रेसका विद्रोही ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएपछि तीन नेताबीच नाटकीय हस्तलिखित एक बुँदे सहमति भएको हो । 

बालुवाटार स्रोतका अनुसार कोशीमा एमालेसँग मिलेर केदार कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था बने पनि यसले गठबन्धनलाई असर नपार्ने सहमति भएको हो । 

‘कोशीमा जे भए पनि यसलाई सदर गर्ने र मिलेर जाने यो एक बुँदे सहमतिको सार हो ।’ बालुवाटार स्रोतले भन्यो । 

null

कोशीमा सत्ता गठबन्धनकातर्फबाट माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारिएको थियो । तर एमालेको ३९ जनासँगै कांग्रेसका पनि ८ जनासहित ४७ जनाकाे सनाखतपछि मुख्यमन्त्रीमा दाबी पुगेकाे थियाे । यसैले केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । 

प्रदेश प्रमुखको कार्यालयले दुवै उम्मेदवारलाई समर्थन गर्ने सांसदको सनाखतका लागि बोलाए पनि कार्की पक्षधरले मात्रै सनाखत गराउँदै ४७ मत पुर्याएको हो । तर अर्को पक्ष सनाखतका लागि गएन । तर यता केन्द्रमा भने शेखरले दुई नेतासँग यस्तो सहमति गरेका हुन् ।

यो सहमतिपछि अब कार्कीलाई कांग्रेस, माओवादीसहितका गठबन्धनले विश्वासको मत दिने संकेत गरेको देखिएको छ । सत्ता गठबन्धन फेरि एक ठाउँमा उभिए के गर्ने भन्नेमा एमाले संकटमा पर्ने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्