२७ जेठ २०८३, बुधबार

बेलायतको ५ दिने भ्रमणपछि प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

असोज २७, २०८०
काठमाडौं
बेलायतको ५ दिने भ्रमणपछि प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायतको पाँच दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । 

बेलायत सरकारको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत गएका प्रहरी महानिरीक्षकले त्यहाँ रहँदा बेलायती सुरक्षाकर्मीसँग आपसी समन्वय, हित तथा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गरेका थिए । 

साथै उनले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग आपसी सहयोग प्रवर्द्धनमा नेपाली दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै भविष्यमा शान्तिसुरक्षा, अनुसन्धान, अपराध नियन्त्रणमा बेलायती सहयोग जुटाउन आग्रह गरेका थिए । 

बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नाका तीनको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने विषयमा छलफल भएको थियो ।

साथै सामुदायिक प्रहरी सेवा, यौनिक एवं लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्