०९ साउन २०८३, शनिबार

भारतीय बलर चम्किएपछि निरीह बन्यो पाकिस्तान, १९२ रनको लक्ष्य प्रस्तुत

असोज २७, २०८०
काठमाडौं
भारतीय बलर चम्किएपछि निरीह बन्यो पाकिस्तान, १९२ रनको लक्ष्य प्रस्तुत

भारतीय बलरको सामना गर्न नसकेको पाकिस्तानले सामान्य १९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तालने शुरूवात राम्रो गरे पनि मध्यपंक्ति र नचल्दा पाकिस्तान सस्तैमा समेटिन पुगेको छ । 
निर्धारित ५० ओभरमा पाकिस्तान ४२.४ ओभरमै अलआउट भएको हो ।  

पाकिस्तानलाई सस्तैमा रोक्नका लागि भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादव र हार्दिक पाण्ड्या सबैले समान दुई दुई विकेट लिए । 

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र मोहम्मद रिजवानले ४९ रन बनाए । इमाम उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रनमात्रै बनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्