
काठमाडौं, ७ असोज– असोज दुईमा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर दुईका ८ जिल्लामा रहेको १३६ स्थानीय तह मध्ये १ सय २ स्थानीय तहको नतिजा सार्जजनिक भएको हो ।
गत सोमबार सम्पन्न तेस्रो चरणको चुनावी मतगणना हप्ता दिन पुग्नै लाग्दा अन्तिम तिर पुगेको हो । तर एक महानगर र तीन उपमहानगरपालिकाको नतिजाका लागि भने अझै केही दिन कर्नुपर्ने देखिएको छ ।
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रदेश नम्बर दुईको सवैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ ।
कांग्रेसले १०२ स्थानीय तहमध्ये ३२ स्थानीय तहमा जीत निकालेको छ भने ८ स्थानमा अग्रता कायम गरेको छ ।
दोस्रो स्थानमा संघीय समाजवादी फोरम रहेको छ । उसले १९ स्थानीय तहमा जीत निकाल्दै ५ स्थानीय तहमा अग्रता बनाएको छ ।
तेस्रो स्थानका लागि माओवादी केन्द्र र राजपाबीच प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्र र राजपाले समान १७ स्थानीय तहमा जीत निकालेका छन् । माओवादी ८ स्थानीय तहमा अग्रता बनाइरहेको छ भने राजपाले ५ स्थानीय तहमा अग्रता बनाएको छ ।
नेकपा एमाले पाँचौं स्थानमा रहेको छ । उसले १०२ सीटको नतिजा सर्वजनिक हुँदा १२ स्थानीय तहमा जीत निकालेको छ भने ७ ठाउँमा अग्रता बनाएको छ ।
फोरम लोकतान्त्रिकले ३ स्थानीय तहमा जीत निकालेको छ भने अन्य दलले २ स्थानीय तहमा जीत निकालेका छन् ।