लहान, ७ असोज– सिरहाको लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
लहानको प्रमुखमा एमालेका मुनी साह ११ हजार ३०७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरे ।
यसैगरी उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुनम चौधरीलेले ९ हजार ९०६ मत प्राप्त गरिन् ।
लहान नगरपालिकाअन्तर्गत २४ वडामध्ये नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरम चार र माओवादी केन्द्र दुई स्थानमा विजयी भएका छन् ।