२४ असार २०८३, बुधबार

भारतबाट फर्किने नेपालीको सहजताका लागि रास्वपाले स्थापना गर्‍यो हेल्प डेस्क

असोज २८, २०८०
काठमाडौं
भारतबाट फर्किने नेपालीको सहजताका लागि रास्वपाले स्थापना गर्‍यो हेल्प डेस्क

दशैं मान्न भारतबाट घर फर्किने नेपालीको सहजताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेको छ । कैलालीको गौरीफन्टा नाकामा आइतवारदेखि हेल्प डेस्क स्थापना गरिएको हो । 

दशैंमा स्वदेश फर्किने नेपालीलाई सहज होस् भनेर डेल्प डेस्क स्थापना गरिएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए । 

‘भारतबाट आउने नेपालीलाई समन्वय गर्नका लागि हेल्प डेस्क स्थापना गरेका छौं । सुदूरपश्चिमका पहाडमा जानेका लागि बससँग समन्वय गरिदिएका छौं,’ विष्टले भने । स्वदेश फर्किनेहरूलाई पानीको बोत्तल समेत उपलब्ध गराइएको छ ।’

हेल्प डेस्कमा बस्ने स्वयंसेवकले स्वदेश फर्केकाहरूसँग भारतमा काम गर्ने स्थानको बारेमा समेत जानकारी राखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्