

हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व बडा दशैंलाई नवरात्री पनि भनिन्छ । १० दिनसम्म श्रद्धापूर्वक देवी दूर्गाका ९ अवतारको पूजा आराधना गरिने भएकाले पनि दशैंलाई नवरात्री भन्ने गरिन्छ ।
धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा गर्ने गर्छन् । देवीको मूर्ति स्थापना गरेर गरिने पूजाका केही नियम पनि हुन्छन्, जसलाई ख्याल नगर्यो भने तपाईले गरेको पूजा र उपवासले सार्थकता पाउँदैन ।
यस्ता छन् ती नियमहरु,
– नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दोह्री, कपाल काट्नु हुँदैन ।
– घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।
– ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।
– उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।
– विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।
– उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।
– व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।
– व्रतको दौरान शारीरिक सम्बन्ध राख्नु हुँदैन ।
– महिलाले मासिक धर्म (महिनावारी)को बेला पूजा गर्नु हुँदैन ।
– महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।