१५ असार २०८३, सोमबार

धादिङको गङ्गाजमुनामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

असोज २८, २०८०
धादिङ
धादिङको गङ्गाजमुनामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते
फाइल फोटो

धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।​

धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको प्रहरीले जनाएको ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले दिएको जानकारी अनुसार दुई बालकसहित पाँच जना घाइते भएका छन् ।

घाइतेहरूको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्