
सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताएका छन् ।
सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्वर्द्धन केन्द्रको उद्घाटन गर्दै उनले पर्यटनको प्रचुर सम्भावना रहेको दोलखामा यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताए ।
सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
उनले कार्यक्रममा विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गरे ।