
बर्दिबास नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विदुरकुमार कार्की ९ हजार १ सय ८७ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रह्लाद क्षेत्री ८ हजार १ सय ७९ मत ल्याएर पराजित भए । त्यस्तै, बर्दिबासको उपप्रमुख पनि माओवादी केन्द्रको पोल्टामा परेको छ ।
उपमेयरमा कृष्णमाया गौतम विजयी भएकी हुन् । उनको मत ८ हजार ८ सय ३५ छ । कांग्रेसकी उपमेयर उम्मेदवार तारादेवीले ७०२३ मत ल्याएर रोकिइन् ।