
इरानले गाजा पट्टीमा इजरायली भूमिबाट आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ ।
इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।
इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैले पनि स्थितिको नियन्त्रण र द्वन्द्वको विस्तार नगर्ने ग्यारेन्टी दिन सक्दैन ।”
“युद्ध र सङ्कटको दायरा विस्तार हुनबाट रोक्न चाहनेहरूले गाजामा प्यालेस्टिनी नागरिक र सर्वसाधारणविरुद्ध वर्तमान बर्बर आक्रमणहरू रोक्न आवश्यक छ,” उनले भने ।
अमिर अब्दुलाहियानले अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० जनाको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले इजरायललाई स्पष्ट समर्थन गर्दै आएको भन्दै आलोचना गरेका छन् ।
हमासका नेतालाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । दुवैतर्फ मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।
वासिङ्टनमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकालाई इजरायलको लामो समयदेखिको शत्रु र हमासको समर्थक इरान ‘प्रत्यक्ष संलग्न’ हुने सम्भावना रहेकोले युद्ध बढ्ने डर रहेको बताएका छन् ।
इराक, लेबनान र सिरियाको क्षेत्रीय भ्रमणका क्रममा इरानका उच्च कूटनीतिज्ञ आइतबार कतार पुगेका थिए ।
इजरायलले लेबनानसँगको संयुक्त राष्ट्रसङ्घको गस्तीमा रहेको उत्तरी सीमामा सैनिक र ट्याङ्क तैनाथ गरेको छ भने इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँगको घातक गोली हानाहानपछि चार किलोमिटर (२.५ माइल) चौडा क्षेत्र सर्वसाधारणका लागि बन्द गरेको छ ।