
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएसँगै निगमले पनि मूल्य घटाएको हो ।
निगमले स्वचालित मूल्य प्रणाली हाललाई यथावत राखी चाडपर्वलाई मध्यनजर गरेर मूल्य घटाउने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ ।