
इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूहको हमलामा परी ज्यान गुमाएका १० मध्ये ५ जनाको शव प्राप्त भएको नेपाली दूतावासले जनाएको छ । इजरायलले नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेश कुमार नेपाली, दीपेश राज विष्ट र आशिष चौधरीको शव दूतावासलाई जिम्मा लगाएको हो ।
घटनामा निधन भएका अन्यको शव प्राप्त हुने क्रममा रहेको भन्दै दूतावासले शवलाई नेपाल पठाउन समन्वय भइरहेको जनाएको छ ।
