२६ असार २०८३, शुक्रबार

सञ्चालनमा आयो कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल

असोज ३०, २०८०
काठमाडौं
सञ्चालनमा आयो कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल

कम्बोडिया– उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमवारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।  

बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमवार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले  न्यानो स्वागत गरेका थिए । 

कार्यक्रममा उनले तीन हजार ६०० सय मिटरको धावनमार्ग भएको  एसएआई ४–ई स्थरको अन्तर्राष्ट्रिय विमानस्थल हो भन्दै यसले लामो दूरीका उडानलाई समायोजन गर्न सक्ने बताए । उनले नयाँ विमानस्थलको सञ्चालनले कोभिडले पछाडि परेको पर्यटन क्षेत्रको विकास हुने तथा कम्बोडिया र चीनबीच सद्भाव वृद्धि हुने विश्वास व्यक्त गरे ।

 विमानस्थलको निर्माण र सञ्चालनसँगै चीन र कम्बोडियाको पर्यटन व्यापार र अर्थतन्त्र विकासमा योगदान पुर्याउने उनको भनाइ थियो । 

एसएआईमा चीनको युनान इन्भेष्टमेन्ट होल्डिङ लिमिटेड सम्बद्ध एङ्कोर इन्टरनेसन एयरपोर्ट इन्भेस्टमेन्ट कम्पनीले लगानी गरेको हो । –रासस–

salt training

कमेन्ट गर्नुहोस्