१९ असार २०८३, शुक्रबार

मतगणना अपडेट : मेयरमा कांग्रेस पहिलो उपमेयरमा माओवादी, कसले कति जिते ?

कात्तिक २०, २०७४
मतगणना अपडेट : मेयरमा कांग्रेस पहिलो उपमेयरमा माओवादी, कसले कति जिते ?
काठमाडौं, ७ असोज– असोज दुईमा सम्पन्न स्थानीय तहको मतगणना अन्तिम–अन्तिममा पुगेको छ । अधिकांश गाउँपालिका र नगरपालिकाको नजिता भोलीसम्ममा आउने अनुमान गरिएको छ । यद्दपी एक महानगर र तीन उपमहानगरपालिकामा भने केही दिन लाग्ने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रदेश नम्बर दुईका आठ जिल्लामा धेरै स्थानीय तहमा जीत निकाल्दै पहिलो दल बन्ने पक्का भएको छ । दोस्रो स्थानमा को रहने भन्ने प्रतिस्पर्धा देखिएको छ । समाजवादी फोरम, राजपा र माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ । एमालेले दुई नम्बर प्रदेशमा पाँचौ स्थानमा रहने पक्कापक्की जस्तै भएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस १८ मेयर र १२ अध्यक्षमा जीत निकाल्दै पहिलो स्थानमा छ । दोस्रो स्थानका लागि माओवादी केन्द्र र समाजवादी फोरमबीच प्रतिस्पर्धा देखिएको छ ।

माओवादी केन्द्र ११ मेयर र ८ गाउँपालिका अध्यक्षमा जीत हात पार्न सफल भएको छ भने संघीय समाजवादी फोरम ६ मेयर र १३ अध्यक्षमा स्थानीय तहमा जित्न सफल भएको छ । त्यस्तै राजपाले ११ मेयर र ९ गाउँपालिकाको अध्यक्षमा जितेको छ ।

एमालेले ७ वटा मेयर र ५ वटा गाउँपालिकाको अध्यक्षमा जितेको छ ।

लोकतान्त्रिक फोरमले १ मेयर र २ अध्यक्षमा जितेको छ । त्यस्तै नयाँ शक्तिले एक र नेपाली जनता दलले एक स्थानीय तहमा जीत निकालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्