२८ जेठ २०८३, बिहीबार

कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने सम्भावना कति ?

असोज ३०, २०८०
विराटनगर
कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने सम्भावना कति ?

नेकपा (एमाले)को सहयोगमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई सोही दलबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि विश्वासको मत दिने सम्भावना रहेको देखिएको छ । 

एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने मनस्थिति बनाएको लोकान्तरलाई बताएका छन् ।  । तर, उक्त पार्टीले यस विषयमा भने औपचारिक निर्णय गरेको छैन । यसबारेमा केन्द्रीय नेतृत्वसँग छलफल गरिरहको पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले बताए ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ । गठबन्धनको निर्णयविपरीत नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधवार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधवारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

उनकै दल कांग्रेसको संस्थापन पक्षले भने कार्कीलाई विश्वासको मत दिलाउन अन्य दलहरूसँग छलफल गरिरहेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्