माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले ढोक्सा थापेपछि एमाले सशंकित बनेको छ ।
माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएपछि एमाले सशंकित बनेको हो । गत शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले यही बुधवार विश्वासको मत लिँदैछन् ।
माओवादीले विश्वासको मत दिने भएपछि एमालेलाई पहिले केन्द्रमा जस्तै नैतिक रूपले सत्ताबाट बाहिरिनुपर्ने जोखिम बढेको छ । अरू दललाई सरकारमा सामेल गराउँदा कुनै समस्या नहुनेमा एमाले छ । तर माओवादीसँग उसले बढी नै इगो साँधेको छ ।
एमालेकै हतारोमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन माओवादी र एकीकृत समाजवादीसँग आइतबार छुट्टै छलफल गरेका छन् । कार्कीले सभापति शेरबहादुर देउवानिकट मानिएका हिमाल कार्कीलाई गठबन्धनसँग छलफल गर्ने जिम्मा दिएका छन् ।
‘बिग होटलमा मुख्यमन्त्री, हिमालजी र मबीच केहीबेर छलफल भयो,’ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका नेता राजेन्द्र राईले भने, ‘इन्द्र आङ्बो उहाँको पार्टीको आन्तरिक बैठक पनि भएकाले ढिलो आउनुभयो । मुख्यमन्त्री निस्किनुभएको थियो । गठबन्धन कायम राख्ने विषयमा छलफल भएको छ ।’
मुख्यमन्त्री कार्कीले गठबन्धनका नेतासँग छलफल हुनुभन्दा अगाडि भने एमालेसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी नेताहरूका अनुसार केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयन गर्ने आश्वासन मुख्यमन्त्री कार्कीले दिएका छन् । ‘म केन्द्रमा नेताहरूले गरेको सहमतिभन्दा तलमाथि केही पनि गर्दिनँ भनेर मुख्यमन्त्री कार्कीले हामीसँग भन्नुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अब सरकार चलाउने विषयमा पनि सरसल्लाह नगरी म एक कदम पनि अगाडि बढ्दिनँ भनेर उहाँले भन्नुभएको छ । ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कोइरालाबीच शनिवार भएको १ बुँदे सहमति देखाउनका लागि मात्रै भएको प्रदेशका गठबन्धनका नेताहरूले बताएका छन् ।
शेखर कोइरालासहितको सहमतिमा मुख्यमन्त्रीको कार्यकालको भागबन्डा नै भइसकेको उनीहरूको दाबी छ । अहिलेको मुख्यमन्त्रीले डेढ वर्ष चलाउने र त्यसपछि माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएपछि मात्रै कोशीमा विद्रोहीसँग गठबन्धन नजिक भएको गठबन्धनका एक नेताले बताए ।
माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी एमालेले दिन थालेको छ । नैतिकताका आधारमा पनि माओवादी सरकारमा सहभागी हुनु नहुने एमालेको अडान छ ।
‘सिङ्गो कांग्रेससँग सहकार्य गरेर बाँकी चारैवर्ष हामी सरकार चलाउँछौं’, प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘तर, केन्द्रको गठबन्धन अनुसार नै अगाडि बढ्ने प्रयास प्रदेशमा भए एमाले तत्कालै सरकारबाट बाहिरिनेछ ।’
भण्डारीले माओवादी नैतिकताका आधारमा समेत सरकारमा सहभागी हुनु नहुने बताएका छन् । दाबी पेस गर्दा असफल भएपछि सरकारमा सहभागी हुन नहुने उनको तर्क छ ।
‘उहाँहरू सिँगै माओवादी हामीसँग आउनु भएको भए एमालेसँगै सरकार बन्थ्यो । हामीले हस्ताक्षर लिएर आउनुहोस्, हामी सघाउँछौं भनेकै हो’, उनले भने, ‘तर गठबन्धन छ भनेर फरक बाटोमा लाग्नुभयो । एमाले माओवादी मिलेर सरकार बनाएका थियौं भने कांग्रेस पनि यो सरकारमा सहभागी हुनुहुँदैन थियो ।’
आफ्नो दाबी पूरा नभएपछि विश्वासको मत दिन्छु र सरकारमा जान्छु भन्नु अनैतिक रहेको उनी बताउँछन् ।
‘उहाँहरूले दाबी गरेको पूरा भएको भए एमाले पनि घुस्रिन जानु हुँदैन थियो । उहाँहरूले दाबी नगरी बस्नु भएको भए नैतिक प्रश्न पनि उठ्दैन थियो’, उनले भने, ‘केदार कार्कीको मात्रै दाबी परेको र इन्द्र आङ्बो को नपरेको भए माओवादी सरकारमा आउँदा कुनै अप्ठ्यारो हुँदैन थियो । उहाँहरूले सत्ता गठबन्धनको ४७ संख्या देखाएर बसे हामी एकछिन पनि सरकारमा बस्दैनौं ।’
तर, सत्ता गठबन्धनका नेताहरूले भने शपथपछाडि मन्त्रिमण्डल विस्तार गर्दा माओवादीलाई पहिलो चरणमा पठाउने विषयमा समेत छलफल गरेका छन् । हिजो बिग होटलमा गरेको छलफलमा मुख्यमन्त्री कार्की माओवादीलाई मन्त्रिमण्डलमा सहभागी गराउन सकारात्मक देखिएको नेताहरूको दाबी छ ।
केन्द्रमा नेताहरूले गरेको निर्णय कार्यान्वयन गर्ने भन्ने सहमति भएकाले मुख्यमन्त्रीले छलफलका लागि पठाएका प्रदेश सभा सदस्य हिमाल कार्कीले जानकारी दिए । विश्वासको मत दिन हामीले आग्रह गर्यौं’, हिमालले भने, ‘उहाँहरूले सकारात्मक नै कुरा गर्नुभयो । अन्य राजनीतिक विषयमा पनि छलफल भए । केन्द्रीय गठबन्धनका नेताले गरेको निर्णयलाई मान्ने सहमति भएको छ ।’
तर, अहिले नै एमालेलाई पाखा लगाइहाल्ने पक्षमा मुख्यमन्त्री नरहेको पनि उनले बताए । सहमतिको सरकारको पहल गरिरहेको उनले बताए ।
मुख्यमन्त्री कार्कीले औपचारिक रूपमा केही बोलेका छैनन् । तर, उनले अन्य दललाई पनि सरकारमा सामेल गराएर सहमतिको सरकार बनाउने भनेर अभिव्यक्ति दिइसकेका छन् । गठबन्धनको दबाब एकातिर र एमालेको रुचि अर्कातिर भएकै कारण मुख्यमन्त्री विश्वासको मत लिन हतारिएका छन् ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसको विद्रोही पक्षका नेता भएकाले विपक्षी एमालेको मात्रै समर्थनमा सरकार अगाडि बढाउन कार्कीलाई नैतिक संकट छ । यसैले एमालेलाई नचिढ्याइकन सत्ता गठबन्धनसँग छलफल अगाडि बढाएका छन् । तर सत्ता गठबन्धन सरकारमा सहभागी हुने तयार भए पनि एमाले पूरै गठबन्धन सरकारमा आओस् भन्नेमा छैन ।
प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । सोही दिन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ ।
राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने भनाइलाई पुष्टि गर्न माओवादी केन्द्र लगायतका गठबन्धनमा आबद्ध दलहरूले लचकता अपनाउन थालेका छन् । विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्की पनि गठबन्धनलाई फकाउनुपर्ने बाध्यतामा छन् । माओवादी र एकीकृत समाजवादीसँग सोमबारदेखि छलफल थालेका छन् ।
गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी, जसपालगायतका दल पनि दशैंलगत्तै पुरानै गठबन्धन कायम गराउन लागेका छन् । एमाले १० पुसमा केन्द्रमा बनेको सत्ता समीकरण कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर भत्काएको जस्तै नियति कोशीमा पनि भोग्नुपर्ने हो कि भन्ने चिन्तामा छ ।
गत पुस २६ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९९ प्रतिशत हाराहारी विश्वासको मत पाएका थिए । उपस्थित २७० मध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान गरेका थिए । विद्रोह गरेका कोशीका मुख्यमन्त्रीलाई पनि अहिले त्यस्तै अवस्था देखा पर्न थालेपछि एमाले सशंकित बनेको हो ।
केन्द्रमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेको भनेर कटाक्ष गरेका थिए । राष्ट्रपति निर्वाचनसम्म पुग्दा एमाले सरकारबाटै बाहिरिनुपर्ने नियति बनेको थियो । अहिले कोशीमा माओवादीले समर्थन दिने निर्णय गर्नुलाई पनि एमाले नेताहरूले ढोक्सा भनिरहेका छन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...