
सिप्रदी ट्रेडिङ्ग प्रालि र भाटभटेनी सुपर मार्केटको सहकार्यमा टाटा टिगोर जित्न सकिने अफर सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी र नेपालको नेतृत्वदायी सुपरमार्केट कम्पनी भाटभटेनीबी ग्रेट भाटभटेनी कार्निभल कार्यक्रममार्फत यसको समझदारी भएको हो ।
नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २ हजार ५०० रुपैयाँको सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ ।
दशैंको घटस्थापनाको अवसर पारेर यही असोज २८ गतेदेखि पुष २५ गतेसम्म सञ्चालन हुनेछ भने सन् २०२४ को पहिलो साता लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ ।
टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो ।
यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको इन्फोटेन्मेन्ट सुविधाहरू रहेका छन् ।
यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागू हुने कम्पनीले जनाएको छ ।