१० साउन २०८३, आइतबार
पछिल्ला आर्थिक सूचक

देशको आर्थिक स्थितिः आयात–निर्यात दुवै घट्दा व्यापार घाटा पनि कम

असोज ३०, २०८०
काठमाडौं
देशको आर्थिक स्थितिः आयात–निर्यात दुवै घट्दा व्यापार घाटा पनि कम
प्रतीकात्मक तस्वीर

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ ।

आयात र निर्यात घट्दा व्यापार घाटामा कमी देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिले व्यापार घाटा ४ दशमलव ७ प्रतिशत घटेको देखाएको हो । 

वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड कायम भएको छ । अलैँची पोलिस्टर धागो, जुसलगायत वस्तुको निर्यात बढेको छ भने ऊनी गलैँचा, सोयाबिन तेल र जुटका सामानको निर्यात घटेको छ । 

वस्तु आयात पनि ५ दशमलव १ प्रतिशतले कमी आई २५९ अर्ब ७५ करोड कायम भएको छ । 

विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.बिलेट लगायतका वस्तुको आयात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्षको पहिलो दुई महिनामा कुल वस्तु व्यापार घाटा ४ दशमलव ७ प्रतिशतले कमी आई २३३ अर्ब ३० करोड कायम भएको छ ।

दुई महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह भने २२ दशमलव १ प्रतिशतले बढेको छ । 

हेर्नुहोस्, आर्थिक स्थितिको हाइलाइट्स:

null

 

salt training

कमेन्ट गर्नुहोस्