०६ साउन २०८३, बुधबार

कोशीका मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने

असोज ३०, २०८०
विराटनगर
कोशीका मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने विपक्षमा मतदान गन जनाएको हो । ‘हामीले कुनै निर्णय गरेका छैनौं,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ । भोलि बिहान १० बजे संसदीय दलको बैठक राखेका छौं, त्यसले थप निर्णय गर्छ ।’ 

एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ ।

गठबन्धनको निर्णय विपरीत नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

उनले बुधवार विश्वासको मत लिन लागेका छन् ।​

प्रदेशसभा सचिवालयले बुधवारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

कार्कीलाई राप्रपा बाहेकका दलको विश्वासको मत आउने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्