
कोका—कोला नेपालले दशैं र तिहारका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत दशैं र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुई वटा लेबलहरू राखिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दुई वटा लेबलमा रहेका कलाकृतिले दशैंमा टीका लगाउने, तिहारमा दीयो बाल्ने र देउसी भैलो खेलेर मनाउने जस्ता गतिविधिहरू समेटिने छ । उक्त लेबलहरू कोका—कोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुनेछन् ।
कोका—कोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानले दशैं र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउने कम्पनीको विश्वास छ।
यस्तै यसले परम्परा, संस्कृति र रमाइला पलहरू कोका—कोलाको साथ बाँड्ने उत्सव हो, जसले चाडपर्वको सिजनमा स्फूर्तिदायी स्पर्श थप्नेछ।