२८ जेठ २०८३, बिहीबार

इजरायलयमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने

असोज ३०, २०८०
काठमाडौं
इजरायलयमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने

इजरायलमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने भएको छ ।  पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २/३ दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

 साथै, उपलब्ध सम्पूर्ण संयन्त्र तथा माध्यमहरुको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यलाई अझै तीव्र पारिएको पनि दूतावासको भनाइ छ । 

यसैबीच आज १८ जना नेपालीहरु इजरायलबाट नेपालका लागि प्रस्थान गरेका छन् । फर्कनेहरूमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु छन् । इजरायलको तेल अविवस्थित विमानस्थलबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको स्पाइस जेटको उडानबाट उनीहरुलाई पठाइएको हो । 

 उद्धार भएकाहरुलाई तेल अविवस्थित भारतीय दूतावाससँगको समन्वयमा नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको छ । 

दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्