×

NIC ASIA

राष्ट्रिय फुटसलको उपाधि काठमाडौँको मेन्टेन एफसीलाई

कास्की | असोज ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको नेपालकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय खुला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँको मेन्टेन एफसीले जितेको छ ।

Muktinath Bank

पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा यही असोज २७ देखि सञ्चालन भएको दोस्रो संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान एक÷एक  गोल गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाधि जितेको मेन्टेन एफसीले नगद रु पाँच लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको ढुकु फुटसल हबले नगद रु तीन लाखसहित शिल्ड, मेडलसहित प्रमाणपत्रमा चित्त बुझायो ।


Advertisment
Nabil box
Kumari

     प्रतियोगितामा ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट्रफी पाए । उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डङ्गोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुँदै जनही नगद रु २५ हजार र ट्रफी पुरस्कार पाए ।

Vianet communication

प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा विष्ट, संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

‘परिवर्तनका लागि खेलकुद’ नारासहित ‘राजन एण्ड द ब्रदर्श’ले आयोजना गरेको प्रतियोगितामा देशभरबाट कूल १४ वटा टिमको सहभागिता रहेको थियो । गत वर्षको पहिलो संस्करणको आयोजनाबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगेकाले यस वर्ष पनि निरन्तरता दिइएको संस्थापक गुरुङले बताए ।

गत वर्षको पहिलो संस्करणको प्रतियोगिता खेलेका चार खेलाडीले हाल नेपाली राष्ट्रिय फुटसलको टोलीमा स्थान बनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x