
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलवार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जनाएको हो ।
‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्रीको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य सामान्य भएपछि प्रधानमन्त्री प्रचण्ड अस्पतालबाट फर्किसकेका छन् ।
प्रधानमन्त्री प्रचण्ड छातीमा केही असहजता महसुस भएकाले मंगलवार दिउँसो स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएका थिए ।
प्रधानमन्त्री प्रचण्डको उपाचारमा डा युवराज शर्मा, डा यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ ।