
इजरायलबाट भारतले उद्धार गरेका १८ जना नेपाली दिल्ली आइपुगेका छन् । उनीहरू बुधवार बिहान दिल्ली आइपुगेका हुन् ।
भारतका लागि नेपालका राजदूत शंकर शर्माले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिँदै उनीहरूलाई नेपालसम्म आउने यातायातको व्यवस्था गरेको बताएका छन् ।
यस क्रममा उनले नेपालीको उद्धार गरेकोमा भारत सरकारलाई धन्यवादसमेत दिएका छन् ।

‘अपरेसन विजयअन्तर्गत आफ्ना नागरिकसँगै १८ जना नेपालीलाई पनि इजरायलबाट ल्याउनुभएकोमा भारत सरकारप्रति धेरै–धेरै आभारी छौं,’ उनले फेसबूकमा लेखेका छन् ।
इजरायलमा पालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १८ जनालाई आफ्ना नागरिकसँगै भारतले मंगलवार उद्धार गरेको थियो ।
यी हुन् उद्धार गरिएका नेपालीः
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ ।