
कीर्तमानी क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई १ लाख ५१ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा नेपाल पुलिस क्लबका कप्तान तथा प्रहरी सहायक हवल्दार दीपेन्द्रलाई उक्त नगदसहित सम्मा गरिएको हो। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका हुन् ।
दीपेन्द्र एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धशतक (५० रन) पूरा गरी विश्व कीर्तिमान बनाएका थिए । यस क्रममा उनले भारतका चर्चित क्रिकेटर युवराज सिंहको कीर्तिमान भंग गरेका छन् ।
यस्तै करातेमा रजत पदक जित्न सफल नेपाल पुलिस क्लबमा आबद्ध खेलाडी एरिका गुरूङ, कबड्डीमा नेपाललाई कास्य पदक जिताएका पुलिस क्लबमा आबद्ध प्रहरी सहायक हवल्दार नितु गुरूङ, प्रहरी सहायक हवल्दार मानमती विष्ट र प्रहरी सहायक हवल्दार अर्पणा चौधरीलाई पनि नगदसहित सम्मान गरिएको छ ।