
उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ५ श्रीपुरका ३२ वर्षीय पिटर राई रहेका छन् । उनलाई ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा मंगलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिटरले सामान्य घरायसी विवादमा खाना पकाउने कुकर प्रहार गर्दा छविमाया गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।