
त्रिदेशीय टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो ।
नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए ।
गुल्सन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए । सोमपाल कामी र अविनाश बोहाराले एक विकेट लिए ।
यूएईका लागि बसिल हमीदले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले ।
अलि नासरले ३२, मोहम्मद वासिमले १७ र आशिफ खानले १७ रन बनाए ।