११ साउन २०८३, सोमबार

जटिल चुनौतीबीच शान्ति सुनिश्चित गर्ने विषयमा पुनःविचार गर्न आवश्यक छ : उपप्रधानमन्त्री खड्का

कात्तिक १, २०८०
काठमाडौं
जटिल चुनौतीबीच शान्ति सुनिश्चित गर्ने विषयमा पुनःविचार गर्न आवश्यक छ : उपप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसर नेपाली सेनाले आज आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनःविचार गर्न आवश्यक देखिएको बताए । 

संयुक्त राष्ट्रसङ्घ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट शुरू हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उनले संयुक्त राष्ट्रसङ्को बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराए ।

salt training

कमेन्ट गर्नुहोस्