
दाङमा चोरीको एक लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर ५ का २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका छन् ।
बैंकबाट रकम निकालेर घर फर्कदै गरेका एक व्यक्तिको रकम लुटेर भाग्दै गरेका उनीहरूलाई तुलसीपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले जानकारी दिए ।
उनका अनुसार बुधवार दिउँसो १ बजे तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट निकालेको रकम लिएर उनीहरू भागेका थिए ।
लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरीटोलीले उनीहरूलाई नगद १ लाख रुपैयाँ र एक थान मोवाइलसहित पक्राउ गरेको हो ।